सोमबार, जेठ २७, २०८२

संस्थागत निक्षेप लगानीको लागि राष्ट्र बैंकको प्रस्ताव, बैंक तथा फाइनान्स कम्पनीमा तीन अर्ब १४ करोड राखिने  

नेपालखोज २०८२ जेठ २१ गते १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन अर्ब १४ करोड दुई लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो । बैंकको विभिन्न कोषमा रहेको रकम ३६६ दिने मुद्दती निक्षेपकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि जुन १७, २०२५ देखि जुन १७, २०२६ सम्म रहेको छ । रकम लगानी गर्न चाहने बैक तथा फाइनान्स कम्पनीले यही जेठ २३ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

लगानीको लागि छुट्ट्याएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि दुई अर्ब ५१ करोड २२ लाख, विकास बैंकहरुको लागि ४७ करोड १० लाख र फाइनान्स कम्पनीको लागि १५ करोड ७० लाख रुपैयाँ छुट्ट्याएको छ ।  

रकम लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्यूनतम सर्त तोकिएका छन् ।   

 

प्रतिक्रिया