शुक्रबार, जेठ २४, २०८२

युनिलिभर नेपाल र हेटौंडा उप–महानगरपालिकाबिच पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी

नेपालखोज २०८२ जेठ २१ गते १८:०१

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड (ग्ल्ी) ले हेटौंडा उप–महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष श्री ढलक बहादुर थापासँग स्थानीय पूर्वाधार विकासमा सहयोग पु¥याउने उद्देश्यले समझदारी पत्र (ःयग्) मा हस्ताक्षर गरेको घोषणा गरेको छ ।

उक्त समझदारी युनिलिभर नेपालको संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत प्राकृतिक प्रकोप न्यूनीकरण तथा उद्धारसँग सम्बन्धित कार्यको रूपमा डांगडुंगे खोलामा पहिल्यै निर्मित पर्खालको विस्तार कार्यका लागि गरिएको हो ।

समझदारी पत्रमा युनिलिभर नेपालका फ्याक्ट्री म्यानेजर श्री सञ्जय भट्टाचार्य र वडा नं. ३ का वडाध्यक्ष ढलक बहादुर थापाले हस्ताक्षर गरेका हुन् । यस ऐतिहासिक अवसरमा हेटौंडा उप–महानगरपालिकाकी नगरप्रमुख श्रीमती मिना कुमारी लामा, वडा नं. ३ का सम्पूर्ण जनप्रतिनिधि, युनिलिभर नेपालको कानुनी प्रमुख गोविन्द शाही, र फ्याक्ट्री नेतृत्व टोलीको उपस्थिति रहेको थियो ।

समझदारी अनुसार, युनिलिभर नेपालले हेटौंडा उप–महानगरपालिका वडा नं. ३ मा पर्ने सो खोलाको अधुरो पर्खाल निर्माण कार्य सम्पन्न गर्न कुल रु ६०,००,०००÷– (६० लाख रुपैयाँ) सहयोग गर्नेछ। प्रत्येक वर्ष मनसुनको समयमा खोलाको पानी बगेर स्थानीय बस्ती, खेतीपाती तथा जनजीवनमा क्षति पु¥याउँदै आएको सन्दर्भमा, सो पर्खाल निर्माणले भविष्यमा यस्तो क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उक्त परियोजना स्थानीय समुदायका सरोकारवालाहरूको औपचारिक अनुरोधका आधारमा अघि बढाइएको हो, जसलाई वडाध्यक्षद्वारा युनिलिभर नेपालमा पेश गरिएको आवेदनमार्फत औपचारिकता दिइएको हो । यो साझेदारी युनिलिभर नेपाल र स्थानीय नेतृत्वबीचको सम्बन्धलाई थप मजबुत बनाउने कोसेढुंगा हो ।

समारोहको क्रममा नगरप्रमुख लामाले युनिलिभर नेपालले राष्ट्रिय आर्थिक विकासमा पु¥याउँदै आएको निरन्तर योगदान तथा स्थानीय सरकारप्रतिको सहकार्यप्रति प्रशंसा व्यक्त गर्दै कम्पनीलाई पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । वडा नं. ३ का अध्यक्षले युनिलिभर नेपालप्रति गहिरो आभार प्रकट गर्दै भावी दिनमा पनि उद्योगसँग सहकार्यलाई अझ सुदृढ बनाउने दृढता व्यक्त गरे ।

प्रत्येक वर्ष मनसुनको समयमा खोलाको बहावले स्थानीय कृषियोग्य जमिन, बाली तथा बस्तीमा ठुलो क्षति पु¥याउने गरेकोमा, पर्खाल निर्माण भएपछि उक्त बहाव नियन्त्रणमा आउने र यस्ता क्षतिहरूबाट समुदायलाई सुरक्षा मिल्ने विश्वास गरिएको छ। युनिलिभर नेपालले विगतदेखि नै शिक्षा, स्वास्थ्य तथा पूर्वाधार क्षेत्रमा स्थानीय सरकारलाई सहयोग पु¥याउँदै आएको छ ।

साथै, कोभिड–१९ महामारीको समयमा पु¥याइएको उल्लेखनीय सहयोग, तथा भूकम्प र बाढीजस्ता प्राकृतिक विपत्तिका बेला सरकारलाई दिएको साथ युनिलिभरको उत्तरदायी व्यवसाय सञ्चालनको प्रमाण हो। युनिलिभर नेपाल दीर्घकालीन र समावेशी विकासमा योगदान पु¥याउने उद्देश्यका साथ सामुदायिक साझेदारीहरूमा प्रतिबद्ध रहँदै आएको छ ।

प्रतिक्रिया