बैतडीमा इण्डो–नेपाल मेला बिहीबारदेखि

बैतडी । बैतडीमा इण्डो–नेपाल अन्तरराष्ट्रिय मेला २०८२ को तयारी भएको छ । मेला यही जेठ २२ देखि २६ गतेसम्म जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी तथा मेला व्यवस्थापन समितिका सदस्यसचिव राजेन्द्र विष्टले बताए ।
नगरपालिकाको आयोजना, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग तथा ग्वाल्लेक मिडिया ग्रुप प्रालिको व्यवस्थापनमा मेला सञ्चालनको तयारी भएको हो ।
मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमै भारतको उत्तराखण्ड विधानसभा सदस्य विसनसिंह चुफालको पनि विशेष उपस्थिति रहने जनाइएको छ ।
मेलामा नेपाल तथा भारतका कलाकारले प्रस्तुति रहनाका साथै नेपाल र भारतका व्यापारिक कक्ष रहने मेलाका व्यवस्थापक हेमबाबु लेखकले बताए ।
यसका साथै स्थानीय उत्पादनलाई पनि जोड दिँदै भारतबाट पनि विभिन्न व्यापारिक कक्ष रहन्छन् । इण्डो–नेपाल मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
प्रतिक्रिया