बिहीबार, जेठ २३, २०८२

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको अध्यक्ष डा. सन्तोष पौडेल निर्वाचित

नेपालखोज २०८२ जेठ २१ गते २१:०४

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको अध्यक्षमा डा. सन्तोष पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

महासङ्घको पाचौँ राष्ट्रिय अधिवेशनले डा पौडेलको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष मण्डलका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

डा. पौडेल यसअघि महासचिव छन् । यस्तै, उपाध्यक्षमा रामहरि ढकाल र अमृता बराल, महासचिवमा भीमराज सिह, उपमहासचिवमा खगराज पोखरेल, चार सचिवमा रूपा केसी, अनुप केसी, हरेन्द्र यादव र चन्द्रबहादुर सुनार निर्वाचित भएका छन् ।

यस्तै, निर्वाचन आयोग अध्यक्षमा नारायण पौडेल, लेखा आयोग अध्यक्ष डा शेषानन्द सञ्जेल, अनुशासन आयोग अध्यक्षमा चिन्तामणि ज्ञावली, सल्लाहकार परिषद्को अध्यक्षमा शारदा खनाल सर्वसम्मत निर्वाचित भएका छन् । गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए । -रासस

प्रतिक्रिया