शुक्रबार, जेठ २४, २०८२

११.९७ अंकले घट्याे नेप्से, पाँच अर्ब १६ करोडको किनबेच

नेपालखोज २०८२ जेठ २२ गते १५:३३

काठमाडौं । नेप्सेको निरन्तरको ओरालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । घटेको नेप्से आज पुन ११.९७ अंकले घटेर २ हजार ६४६.९५ अंकमा झरेको छ ।

नेप्सेमा आज ३१३ वटा कम्पनीको ५९ हजार १३० पटकको कारोबारमा एक करोड ३७ लाख ८२ हजार ४६८ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा दुई वटा समूहको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । वाणिज्य बैंक समूहको सूचक भने ८.२१ अंकले घटेर १ हजार ३७०.४४ अंकमा झरेको छ । बिकास बैंक समूहको सूचक ३९ दशमलव ५३ अंकले घटेर पाँच हजार ४८२.९४ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक २१.४३ अंकले घटेर २ हजार ३५९.९४ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक पनि १३.४५ अंकले घटेर तीन हजार ४११.९७ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक ६३.४८ अंकले घटेर १३ हजार ७०.४३ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ८३ दशमलव ९७ अंकले घटेर १२ हजार २२१.३९ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने अरुण कावेली पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया