शुक्रबार, जेठ २४, २०८२

राष्ट्र बैंकको प्रवक्तामा पण्डित

नेपालखोज २०८२ जेठ २२ गते १६:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । राष्ट्र बैंकका अनुसार पण्डित जेठ २१ गतेदेखि लागू हुने गरी प्रवक्ता तोकिएका हुन् ।

बिसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण बिभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा काम गरेको अनुभव रहेको छ ।

हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।

प्रतिक्रिया