शुक्रबार, जेठ २४, २०८२

दुवै सदनको बैठक बस्दै, यस्ताे छ कार्यसूची

नेपालखोज २०८२ जेठ २३ गते ७:०७

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ :१५ बजे बस्ने कार्यतालिका छ ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफललगायत सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया