सोमबार, जेठ २७, २०८२

५.९९ अंकले घट्यो नेप्से, ७ अर्ब ९७ करोडको कारोबार शेयर कारोबार

नेपालखोज २०८२ जेठ २३ गते १५:३८

काठमाडौं । नेप्से घटेको छ । नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार ५ दशमलव ९९ अंकले घटेर २६ सय ४० दशमलव ९६ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने चार सय ५१ दशमलव ३३ अंकमा स्थिर रहेको छ ।

नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको ७७ हजार छ सय ७० पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ७१ लाख आठ हजार आठ सय नौं कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ९७ करोड आठ लाख ८६ हजार छ सय ६३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा दुई वटा समुहहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक ३८ दशमलव ८५ अंंकले बढेर ३४ सय ५० दशमलव ८३ अंकमा चढेकोमा लगानी समुहको सुचक पनि शुन्य दशमलव शुन्य चार अंकले बढेको छ । वाणिज्य बैंक समुहको सुचक भने आज छ दशमलव शुन्य दुई अंकले घटेर १३ सय ६४ दशमलव ४२ अंकमा झरेको छ ।

बिकास बैंक समुहको सुचक पनि १५ दशमलव ७२ अंकले घटेर ५४ सय ६७ दशमलव २१ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि ७ दशमलव ५ अंकले घटेर २३ सय ५२ दशमलव ८८ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ७३ दशमलव ३६ अंकले घटेर १२ हजार नौं सय ९७ दशमलव ७ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि १५ दशमलव ४ अंकले घटेर १२ हजार २ सय ६ दशमलव ३५ अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुल, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ३२ दशमलव ८०, ७५ दशमलव ६५, १९ दशमलव ७, ० दशमलव ३, १५ दशमलव ६२ र ३६ दमलव ६३ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिभर फल्स पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा राधी जलबिद्युत कम्पनी परेको छ ।

प्रतिक्रिया