पहिरोले नेपाल-चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
नेपालखोज
२०८२ जेठ २५ गते १५:२८

काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल-चीन सिमानाको सीमास्तम्भ पुरिएको छ ।
अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला-१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । बाढीले नेपाल-चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो ।
भोटखोला-१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा यही जेठ १८ गते आएको बाढीले सीमास्तम्भ बगाएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए ।
उनका अनुसार बाढीले ७१ नम्बरको सीमास्तम्भ पुरिएर हराएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी किमाथाङ्काबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया