आइतबार, जेठ २६, २०८२

आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

नेपालखोज २०८२ जेठ २६ गते १४:५७

टक्सार (भोजपुर) । जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या भएका १५ जनाको शल्यक्रिया गरिएको छ । यहाँ आयोजित निःशुल्क शल्यक्रिया शिविरमा उनीहरुको शल्यक्रिया गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।

प्रमुख श्रेष्ठले भने, समस्या भएर पनि उपचार नपाउनु भएकालाई लक्षित गरी शिविर आयोजना गरिएको थियो, जसमा १५ जनाले शल्यक्रिया सेवा लिए । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको आयोजना तथा जिल्ला अस्पताल भोजपुरको समन्वयमा भएको शिविरमा भोजपुर अस्पताल, दमक अस्पताल, धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सेवा प्रदान गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डा पवित्रा श्रेष्ठ, डा विजय रानाभाट, एनेस्थेसिया अम्बिका ढकाल लगायतको टिमले शिविरमा सेवा दिएको थियो ।

प्रतिक्रिया