अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल, बुप्रेनोर्फिन २ सय एम्पुल र नाईट्राभेट ९० ट्याब्लेट सहित भारत महाराजगंज नौनता ग्राम सुनौली बस्ने २० वर्षीय दिपक कुमार र १८ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट बाग्लुङतर्फ आउँदै गरेको जिएए ०१–२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–६ टुक्रे डेरा गरी बस्ने सोही नगरपालिका–७ हाङ्देवा घर भएका २६ वर्षीय सुजन तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत पश्चिम बंगाल दार्जलिङ घर भएका २३ वर्षीय नितेन वर्मनसंग किनेको भन्ने खुल्न आएपश्चात नितेनलाई फुङलिङ नगरपालिका–२ हेलिप्याड नजिकबाट प्रहरीले पक्राउ गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका–१७ गुलरीया चोक बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
महोत्तरीको साम्सी गाउँपालिका–५ पोखरभिण्डा ब्रह्मस्थानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट, फेनारगन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र नोफिन ३ एम्पुल सहित बर्दिबास नगरपालिका–१४ राना टोल बस्ने २८ वर्षीय संजित महतोलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको प्रहरीले मधेश प्रदेश–०२–००५ प ८८१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरस्थित खाजा पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९ ट्याब्लेट र नगद ५२ हजार ४ सय ७० रूपैयाँ सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने धादिङ रूवी भ्याली गाउँपालिका–४ घर भएकी ४२ वर्षीया कुमारी तामाङ, काभ्रे रोशी गाउँपालिका–६ घर भएका २५ वर्षीय प्रविन उप्रेती र सिन्धुली दुधौली नगरपालिका–१० घर भएका २२ वर्षीय विष्णु बाँनिया रहेका छन् । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले कुमारीको खाजा पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
जाजरकोटको जुनिचाँदे गाउँपालिका–७ निपाने डेरा गरी बस्ने कुसे गाउँपालिका–३ घर भएका ३७ वर्षीय निरज कुमार पुनलाई अवैध लागूऔषध अफिम करिब १ किलो १ सय ५० ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरीले उनलाई उक्त अफिम सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ भगत चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राहुल रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको मधुवन नगरपालिका–७ गोपाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय डिल बहादुर बस्नेत र सोही नगरपालिका–५ बस्ने २२ वर्षीय झलक डाँगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ईस्राइलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम १ सय १० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका–१७ बस्ने २९ वर्षीय अबिनाश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका–१ अमहा सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १९ किलोग्राम सहित धनकुटा, धनकुटा नगरपालिका–९ बस्ने २१ वर्षीय लक्ष्मण माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको मोटरसाइकललाई प्रहरीले बरामद गरेको छ ।
यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–६ पुर्वाञ्चल क्याफेबाट नियन्त्रित लागूऔषध लुपिजेसिक २३ एम्पुल, डाईजेपाम १९ एम्पुल, फेनारमाइन ५० एम्पुल सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–२ बस्ने २९ वर्षीय सन्तोष श्रेष्ठ र २९ वर्षीय जिवन बुढाथोकी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले सन्तोषलाई लुपिजेसिक २० एम्पुल, डाईजेपाम १९ एम्पुल र फेनारमाइन ४१ एम्पुल र जिवनलाई लुपिजेसिक ३ एम्पुल र फेनारमाइन ९ एम्पुल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
काठमाडौं महानगरपालिका–३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक डम्बर समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङस्थित साथीभाई खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१८ सराङकोट बस्ने ३४ वर्षीय महेश तिमिल्सिना समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार २ सय ७५ र तास ३ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित सडकमा बा.प्र.०१–००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय राजकुमार पौडेलको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरूवास्थित सडकमा सु.प.प्र.०१–००१ ह ५१४८ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार अटो चालकको नाती १० महिनाको आयुष साउँदको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सु.प.प्र ०१–०१२ प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–२ पहादीस्थित सडकमा बा.१ ख ९१५१ नम्बरको जेसिबिको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८४ वर्षीया जमुना पाण्डेको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा थप उपचारको क्रममा मृत्यु भएको हो । रोकीराखेको जेसिबि शनिबार दिउँसो आफै गुड्न गई उक्त दुर्घटना भएको थियो । प्रहरीले हाल फरार जेसिबि चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया