बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने बताएका छन् ।
प्रदेशको समग्र विकास, समृद्धि, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, योजना छनोट तथा बजेट विनियोजनका विषयलाई लिएर मुख्यमन्त्री शाहले आज जारी गरेकाे विज्ञप्तिमा प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी सुशासनसहित जनमुखी र उत्तरदायित्व शासन प्रणालीमार्फत विकास एवं समृद्धिप्रति प्रतिबद्धता व्यक्त गर्दै आएको उल्लेख गरेका छन् ।
आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यक्रम बनाउँदा घोषणा गरिएका प्रतिबद्धताका बुँदाहरु सबै मन्त्रालय तथा मातहतका निकायलाई समेत लागू गर्न निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।
चालु आव २०८१/८२ को बजेट कार्यक्रम निर्माण गर्दा प्रदेश सरकारले कार्यान्वयन गर्ने योजनामा २५ लाख रुपैयाँ बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिनेभन्दा माथिको सिलिङ कायम गरी बजेट विनियोजन गरिने, २५ लाख रुपैयाँभन्दा कम बजेट विनियोजन गर्नुपर्ने अवस्था आएमा कार्ययोजनासहित ससर्त अनुदानका रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिने, व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी संस्थालाई तोकेर बजेट विनियोजन नगरिने र उपभोक्ता समितिमार्फत प्रदेश सरकारका कुनै पनि योजना कार्यान्वयन नगर्ने जस्ता चारबुँदे प्रतिबद्धता घोषणा गरेको थियो ।
आगामी आर्थिक वर्षको नीति कार्यक्रममाथि छलफल
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।
छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरू शिवसिंह ओली, जुनाकुमारी दानी, सन्तोषकुमारी शर्मा थापा, कैलाश चौधरी, नरेशकुमार शाही, लक्ष्मी विक र जानकी ऐर बमलगायतले नीति कार्यक्रममा छुटेका महत्वपूर्ण विषय समेट्नुपर्ने सुझाव दिए ।
यसअघि छलफलमा मागथ लिने कतिपय प्रदेशसभा सदस्यले सरकारले योजना कार्यक्रम घोषणा गर्दै जाने तर तिनको कार्यान्वयन नहुने समस्याको अन्त्य गर्नुपर्ने, बजेट कार्यक्रम बनाउँदा हुने चलखेल र देखिने कमजोरीप्रति सचेत हुनुपर्ने जस्ता सुझाव दिएका थिए ।

प्रतिक्रिया