सोमबार, जेठ २७, २०८२

हेटौंडामा हुवावेको पहिलो फ्युजन चार्ज स्टेशन: नेपालभर ग्रीन मोबिलिटी विस्तारको योजना

नेपालखोज २०८२ जेठ २७ गते १२:५९

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा हुवावे नेपालले स्मार्ट ईभी चार्जिङ नेटवर्क “फ्युजन चार्ज” को सुरुआत गरेको छ। गाडी चार्ज प्रा.लि. र NEEK (नेपाल एकरात इन्जिनियरिङ कम्पनी) सँगको सहकार्यमा हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गरिएको हो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उक्त चार्जिङ स्टेशनको उद्घाटन गरे।

कम्पनीले सन् २०२५ भित्र देशभर १० वटा स्मार्ट चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य राखेको छ। “फ्युजन चार्ज” एक नेक्स्ट-जेन टेक्नोलोजी हो, जसले फोटोभोल्टिक (PV), ऊर्जा भण्डारण प्रणाली (ESS) र स्मार्ट पावर म्यानेजमेन्ट एकीकृत गरेर ५०० किलोवाटसम्मको अल्ट्रा-फास्ट चार्जिङ समर्थन गर्दछ।

उच्च तापक्रम सहने क्षमता, शान्त अपरेशन, युनिभर्सल कम्पाटिबिलिटी, OTA अपडेट तथा VPP (भर्चुअल पावर प्लान्ट) तयारीले यो प्लेटफर्मलाई दीर्घकालीन, सुरक्षित र स्केलेबल बनाएको हुवावेको दाबी छ।

हुवावेले यस प्रविधिबाट नेपालको स्वच्छ, दिगो र डिजिटल यातायात पूर्वाधार विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। सन् १९९९ देखि नेपालमा क्रियाशील हुवावेले डिजिटल समावेशीकरण, शिक्षा र नवीकरणीय ऊर्जा क्षेत्रमा समेत विभिन्न परियोजनामार्फत योगदान दिँदै आएको छ।

प्रतिक्रिया