२३.१९ अंकले बढ्याे, आठ अर्ब ६८ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन ११.६ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने २३.१९ अंकले बढेर २ हजार ६५३.९ अंकमा चढेको छ ।
नेप्सेमा आज ३२४ वटा कम्पनीको ७८ हजार ८४८ पकको कारोबारमा एक करोड ७५ लाख एक हजार ८०२ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा तीन वटा समूहको सूचक घटेर बाँकी समूहहरुको सुचक बढेको छ । जसमध्ये जिवन बिमा समूहको सूचक १२.६३ अंकले घटेर १२ हजार ८८३.९६ अंकमा झरेको छ । होटेल तथा पर्यटन र व्यापार समूहको सूचक पनि क्रमशः १७.३७ र १८.६८ अंकले घटेका छन् । यि बाहेक बाँकी समूहहरुको सूचक भने बढेका छन् ।
जसमध्ये वाणिज्य बैंक समूहको सूचक ५.९३ अंकले बढेर १३ सय ५५.९९ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक ९.५६ अंकले बढेर ५ हजार ४७३.३० अंकमा चढेको छ । फाइनान्स समूहको सूचक १३.८८ अंकले बढेर २ हजार ३४५.२४ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक ८२.२४ अंकले बढेर ३ हजार ५७५.५० अंकमा चढेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा मकर जितुमाया सुरु हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भुगोल इर्नर्जी डेभलपमेन्ट लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने राधी जलबिद्युत कम्पनी परेको छ ।
प्रतिक्रिया