चरिकोटमै मिर्गौला डायलासिस सेवा सुरु
नेपालखोज
२०८२ जेठ २७ गते १९:३८

चरीकोट (दोलखा) । चरिकोटस्थित पशुपति चौलागाई अस्पतालमा मिर्गौला डायलासिस सेवा सुरु गरिएको छ ।
दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकलगायतका जिल्लाका बिरामीलाई उपचार सेवामा सहजता प्रदान गर्ने उद्देश्यले अस्पतालले डायलासिस सेवा सञ्चालनमा ल्याएको अस्पतालका सञ्चालक समिति अध्यक्ष सुवास रिमालले जानकारी दिए । ५० श्यया क्षमताको सो अस्पतालले गत शुक्रबारदेखि मिर्गाैला डायलासिस सेवा सञ्चालनमा ल्याएको हो ।
अस्पतालको सम्पर्कमा १२५ जना मिर्गौला डायलासिस गर्नुपर्ने बिरामी रहेको र उनीहरुले यहीँबाट डायलासिस गराउने अस्पतालले जनाएको छ । बिरामीले प्रत्येकपटक रु दुई हजार ८०० तिर्नुपर्ने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया