मंगलबार, जेठ २८, २०८२

आईसीसी विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड खेल्दै

नेपालखोज २०८२ जेठ २८ गते ८:४०

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ । आजको खेल स्कटल्याण्डको डन्डीमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो ।

सिरिजको सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनको हार बेहोरेको थियो । ८ टोली सहभागी लिग-२ ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

प्रतिक्रिया