२५ अंकले बढ्दा १० अर्ब १६ करोडको शेयर किनबेच
नेप्से सुचक तथा कारोबार रकम दुबै बढ्यो

काठमाडौं । नेप्से सूचक तथा कारोबार रकम दुवै बढेको छ । अघिल्लो दिन २३ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मङ्गलवार पनि २५ दशमलव सात अंकले बढेर २६ सय ७८ दशमलव १६ अंकमा पुगेको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव पाँच अंकले बढेर चार सय ५६ दशमलव ७७ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरूको ८१ हजार सात सय ३८ पटकको कारोबारमा दुई करोड ३६ लाख ९७ हजार एक सय ४५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब १६ करोड नौ लाख ८१ हजार ७६ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।
सो मध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव ६७ अंकले बढेर १३ सय ६८ दशमलव ६६ अंकमा पुगेकोमा विकास बैंक समूहको सूचक पनि ३९ दशमलव ३२ अंकले बढेर ५५ सय १२ दशमलव ६३ अंकमा पुगेको छ । फाइनान्स समूहको सूचक पनि एक सय २० दशमलव २९ अंकले बढेर २४ सय ६५ दशमलव ६३ अंकमा पुगेकोमा जलविद्युत समूहको सूचक पनि १६ दशमलव ५६ अंकले बढेर ३५ सय ९२ दशमलव छ अंकमा पुगेको छ ।
यसै गरी जीवन बिमा समूहको सूचक पनि एक सय ३९ दशमलव ५७ अंकले बढेर १३ हजार २३ दशमलव ५३ अंकमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ५३ दशमलव ३२ अंकले बढेर १२ हजार दुई सय ९७ दशमलव ३५ अंकमा पुगेको छ । यसै गरी होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ८६ दशमलव ४७, शून्य दशमलव ७७, १७ दशमलव ९०, २८ दशमलव ६६, शून्य दशमलव चार, ३५ दशमलव ४५ र ४५ दशमलव २५ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा पियोर इर्नर्जी डेभलपमेन्ट लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेड परेको छ । यसै गरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयर परेको छ ।
प्रतिक्रिया