बिहीबार, जेठ ३०, २०८२

आईएमई हस्पिटालिटीका होटेलमा एससिटी-युपिआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

नेपालखोज २०८२ जेठ २९ गते १२:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र नेपालकै उत्कृष्ट होटेल ग्रुपहरू मध्य पर्ने आईएमई हस्पिटालिटीबिच एससिटी-युपिआई कार्डका ग्राहकलाई ग्रुप अन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात यहि जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाट स्थित होटेल ले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा एससिटी–युपिआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिसतसम्म छुट सक्ने छन् । रुम महसुलमा छुट एइक् मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससिटी-युपिआई जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

एससिटी-युपिआई कार्ड नहुने ग्राहकले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटी-युपिआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया