बिहीबार, जेठ ३०, २०८२

१३.६९ अंकले घट्दा ९ अर्ब ९० करोडको कारोबार

नेपालखोज २०८२ जेठ २९ गते १५:३५

काठमाडौं । नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने १३ दशमलव ६९ अंकले घटेर २६ सय ६४ दशमलव ४७ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय सात वटा कम्पनीको ८१ हजार सात सय तीन पटकको कारोबारमा दुई करोड २० लाख ७५ हजार सात सय ६९ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ९ अर्ब ९० करोड ७० लाख पाँच जार ५७५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा जलबिद्युत समूहको सूचक ४० दशमलव ८४ अंकले बढेर ३६ सय ३२ दशमलव ९० अंकमा पुगेको छ भने बाँकी समुहहरुको सुचक घटेको छ । याे मध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव दुई अंकले घटेर १ हजार ३६१ दशमलव ६४ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि ४३ दशमलव ५० अंकले घटेर ५४ सय ६९ दशमलव १२ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक ३२ दशमलव ४२ अंकले घटेर २ हजार ४३३ दशमलव १० अंकमा झरेको छ । जिवन बिमा समूहको सूचक पनि ११० दशमलव ५५ अंकले घटेर १२ हजार नौं सय १२ दशमलव ९७ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक ८७ दशमलव ५२ अंकले घटेर १२ हजार २०९ दशमलव ८२ अंकमा झरेकोमा होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ७३ दशमलव ६८, एक दशमलव २२२, ४३ दशमलव ९३, १९ दशमलव ३७, शुन्य दशमलव शुन्य दुई, ३७ दशमलव ४४ र ३९ दशमलव ५४ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पियोर इर्नर्जी कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने राधी जलबिद्युत कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया