रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

रौतहट । रौतहट प्रहरीले लुटपाटमा संलग्न रौतहट जिल्ला यमुनामाई गाउँपालिका-१ जेठरहीया झाझपुल स्थायी ठेगाना भएका २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम महतोलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले आज बिहान झाझपुल नजिकै लुकिछिपी बसेका व्यक्तिहरुले रौतहट दुर्गाभगवती गाउँपालिका-३ मत्सरीका ३५ वर्षीय कृष्णमणि झालाई लुटपाट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जानकारी दिए ।
लुटपाट गर्ने उद्देश्यले झाझपुल नजिक लुकिछिपी बसी रहेका सात/आठ जना अपरिचित्त व्यक्तिले मोटरसाइकलमा सवार झालार्ई रोकी निजको साथमा रहेको धनमाल लुटी मोटरसाइकलसमेत लैजान लागेको अवस्थामा उनीहरूलाई पक्रेको प्रहरीले जनाएको छ । याे घटनामा संलग्न पेसेवर केही लुटेरा भागेको र अहिले तिनीहरूको खोजीकार्य तीव्र गतिमा भइरहेका प्रहरी प्रमुख गिरीले जानकारी दिए ।
यसअघि पनि सो क्षेत्रमा लेटेरा समूहले धनमाल लुट्ने गरेको तथा स्थानीयलाई दुःख दिने गरेको र आपराधिक गतिविधि बढेको भन्ने सूचनाप्राप्त भएपछि त्यस क्षेत्रमा सुरक्षागस्ती बढाइएको पनि प्रहरीले बताएको छ ।
याे घटनामा पक्राउ परेका दुई लुटेरसँग बयान लिने काम भइरहेको र भागेको खोजी भइरहेको जानकारी दिँदै प्रहरी प्रमुख गिरीले जिल्लाको शान्ति सुरक्षा, अमनचयन कायम गर्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया