बिहीबार, जेठ ३०, २०८२

कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबीच सम्झौता

नेपालखोज २०८२ जेठ २९ गते १७:५७

काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाण्डौंस्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.(गुर्जुधारा ट्रायल सेन्टर) काबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभर्यााङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परिक्षा सञ्चालन गराउदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरुमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले ग्राहकको सुबिधाको लागि विभिन्न क्षेत्रका व्यवसायीसँग समन्वयन गरि छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईमार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया