शुक्रबार, जेठ ३१, २०८२

‘भिजिट भिसा प्रकरणमा हामीले उठाएका विषयलाई निष्कर्षमा नपुराइ छाड्दैनाैं’

नेपालखोज २०८२ जेठ २९ गते १८:३६

काठमाडाैं । रास्वपा संसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफुहरुले उठाएका बिषयलाई निष्कर्षमा नपुराइ नछाड्ने स्पष्ट पारेकी छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै गौतमले भिजिट भिसा प्रकरण देशकै लागि निकै गम्भीर रहेकाले आफुहरुले उठाएका बिषयलाई निष्कर्षमा नपुराइ नछाड्ने स्पष्ट पारेकी हुन् ।

उनले यसमा राष्ट्रिय सहमति खोज्नका लागि नै रास्वपाले पाँच बुदे ड्राफ्ट तयार पारेर छलफलमा लगेपनि सत्तारुढ दल नमानेको धारणा राखे ।

माओवादीले ल्याएको ड्राफ्ट आफुहरुको सरोकारको बिषय नभएको भन्दै उनले आफुहरु पाँच बुदे ड्राफ्टमा अडिक रहेको बताए । उनले रास्वपाले सदन अवरुद्ध गरेको नभइ जनताको मुद्धा समाधान गर्नका लागि बाटो खोजिरहेको तर्क गरे ।

प्रतिक्रिया