शुक्रबार, जेठ ३१, २०८२

चुनाव गराएर मात्रै राजिनामा दिन्छु : नेता युनुस

नेपालखोज २०८२ जेठ २९ गते १९:०८

लण्डन । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले आफूले बङ्गलादेशमा निर्बाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । उनले आगामी अप्रिलमा निर्वाचन गर्ने घोषणा गरेको र निर्वाचनपछि सत्तामा रहिरहने कुनै उपाय आफुलाई बताएका हुन् ।

करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहका कारण सन् २०२४ को अगष्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरी १५ वर्ष लामो शासन अन्त्य भएको थियो ।

युनुस स्वयंले कुनै राजनीतिक पद खोजिरहेका छन् कि भनेर सोधिएको प्रश्नमा ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले निर्वाचनपछि सत्तामा रहिरहन ‘कुनै चाहना नभएको’ बताए । उनले भने, ‘मलाई लाग्छ, म मात्र होइन, हाम्रो क्याबिनेटका कुनै पनि सदस्यले त्यसो गर्न चाहँदैनन् ।’

लण्डनको विदेश नीति थिङ्क ट्याङ्क चाथम हाउस, रोयल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्समा मङ्गलबार साँझ बोल्दै युनुसले उक्त कुरा बताए ।

उनले हसिनालाई सत्ताच्युत गर्ने प्रदर्शन सुरु भएको एक वर्षपछि अर्को महिना ‘जुलाई चार्टर’ भनिने प्रस्तावको ‘ठूलो प्याकेज’ सार्वजनिक गर्न चाहेको पनि बताएका छन् । रासस/एएफपी

प्रतिक्रिया