शुक्रबार, जेठ ३१, २०८२

‘मुलुकमा भएका स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिन्छ’

नेपालखोज २०८२ जेठ ३० गते १४:२८

काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा भएका स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले नेपालमा अथाह प्राकृतिक स्रोतहरु रहेको भन्दै त्यसलाई सदूपयोग गर्दै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका हुन् । बनस्पती, बन्यजन्तु र जलश्रोतको हिसाबले नेपाल निकै अघि रहेको उल्लेख गर्दै उहाले त्यसको उचित सदूपयोगमा जोड दिए ।

५० वर्षको आन्तरिक आवश्यकता पूर्ति गर्न सक्ने तेल र ग्याँसको भण्डारका साथै युरेनियमको खानी समेत नेपालमा रहेपनि अध्ययन हुन नसक्दा मुलुक सदैव पछि परेको उनले बताए । पौडेलले प्राकृतिक स्रोत र जनशक्तिको सहि ढंगले सदूपयोग गर्ने गरि आवश्यक नीति सरकारले बनाउने उल्लेख गरे ।

प्रतिक्रिया