अनेरास्ववियु अध्यक्षमा डा. कडरिया निर्वाचित, महासचिवमा दीपक धामी
नेपालखोज
२०८२ जेठ ३० गते ६:२५

काठमाडौं । एमाले निकट अनेरास्ववियुको २४औँ महाधिवेशनबाट अध्यक्ष पदमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।
विद्युतीय मतदानमार्फत भएको निर्वाचनमा कडरियाले ७३२ मत प्राप्त गर्दै प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको अन्तरले पराजित गरेका हुन् । पौडेलले ७२५ मत पाए ।
मतगणनाका क्रममा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको थियो । कीर्तिपुरमा जारी महाधिवेशन अन्तर्गत बिहीबार विद्युतीय मतदान गरिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया