शनिबार, जेठ ३२, २०८२

बागलुङको अस्तुमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

नेपालखोज २०८२ जेठ ३१ गते १८:४८

बागलुङ । यहाँको ढोरपाटन नगरपालिका-५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका-५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप आज साँझ ५ः४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार भइरहेको उनको भनाइ छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताए ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार छ जना घाइतेको उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्रादेशिक अस्पताल पठाइएको छभने दुई वटा शव सङ्कलन भइरहेको छ ।

उपप्रमुख कायतले भने, ‘हामी घटनास्थल आइपुगेका छौँ, अहिले घाइतेको उद्धार गरी प्रहरी र नगरपालिकाको गाडीमा अस्पताल पठाइरहेका छौँ, दुई जनाको मृत्यु भएको छ, शव सङ्कलनको प्रयास भइरहको छ ।’

प्रतिक्रिया