हाँडीगाउँमा बृहत् रक्तदान

काठमाडौं । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा धन्यन्तरी युवा समूहको आयोजना र ओम अस्पतालको सहकार्यमा हाँडीगाउँमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
‘रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ आज सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्थानीय, युवा, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको धन्यन्तरी युवा समूहका संरक्षक एवं वरिष्ठ अधिवक्ता उद्धब केसीले जानकारी दिए ।
रक्तदान जस्तो मानवीय कार्यमा सबैलाई सक्रिय सहभागिताको आह्वान गर्दै यस्ता अभियानले जनचेतना र जीवन रक्षा दुवैमा महत्त्वपूर्ण भूमिका खेल्ने धन्यन्तरी युवा समूहका सहसचिव धर्मराज खड्काले विश्व व्यक्त गरे । रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाएको धन्यन्तरी युवा समूहका अध्यक्ष धर्म नारायण श्रेष्ठले बताए ।
–––
प्रतिक्रिया