आइतबार, असार १, २०८२

झिनो अंकले बढ्यो नेप्से, ११ अर्ब ४४ करोडको किनबेच

नेपालखोज २०८२ असार १ गते १५:४०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से शुन्य दशमलव ४७ अंकले बढेर २ हजार ६५५ दशमलव ८५ अंकमा चढेको छ ।

नेप्सेमा आज ३०८ वटा कम्पनीको ९५ हजार २७४ पटकको कारोबारमा दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समूहको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये मध्ये विकास बैंक समूहको सूचक २६ दशमलव ५१ अंकले बढेर ५ हजार ४४० दशमलव ८८ अंंकमा पुगेको छ भने जलबिद्युत समूहको सूचक ३५ दशमलव एक अंकले बढेर तीन हजार ६७६ दशमलव १५ अंकमा पुगेको छ ।

निर्जीवन बिमा समुहको सूचक ८ दशमलव ५९ अंकले बढेर १२ हजार १५८ दशमलव ८६ अंकमा पुगेकोमा उत्पादनमुलक र व्यापार समूहको सूचक क्रमश: एक सय चार दशमलव २५ र ४५ दशमलव ४२ अंकले बढेका छन् । यि बाहेक वाणिज्य बैंक समूहको सूचक भने छ दशमलव तीन अंकले घटेर १ हजार ३४७ दशमलव ४ अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि १४ दशमलव ६७ अंकले घटेर २ हजार ४४० दशमलव १७ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि ७० दशमलव ५८ अंकले घटेर १२ हजार ७७६ दशमलव ४३ अंकमा झरेकोमा होटेल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः ४ दशमलव ३८, शुन्य दशमलव ८५, १४ दशमलव ७९, शुन्य दशमलव शुन्य आठ र १० दशमलव ७९ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल हाईड्रोडेभलपर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सानिमामाई हाईड्रोपावर लिमिटेड परेको छ ।

प्रतिक्रिया