सोमबार, असार २, २०८२

मुलुकको समृद्धिका लागि साहित्य, कला र संस्कृति अनिवार्य पाटो : मन्त्री भण्डारी

नेपालखोज २०८२ असार १ गते २०:३७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको समृद्धिका लागि साहित्य, कला र संस्कृति अनिवार्य पाटो भएको उल्लेख गरेका छन् ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङ्गठनद्वारा आयोजित विचार गोष्ठी तथा अग्रज सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपालीभाषा, साहित्य र संस्कृति प्रवद्र्धनमा प्रतिष्ठानको भूमिकालाई उच्च मूल्याङ्कन गरे ।

यसैगरी, मन्त्री भण्डारीले देशको समृद्धि केवल भौतिक विकासमा मात्र निर्भर नभई साँचो पहिचान, मौलिकता र सृजनात्मकताको संरक्षणमार्फत सम्भव हुने भएकाले साहित्य, कला र संस्कृतिको जगेर्ना गर्नु हाम्रो राष्ट्रिय दायित्व भएको समेत जिकिर गरे ।

कार्यक्रममा प्रतिष्ठानले योगदान दिएका अग्रज साहित्यकारहरूलाई सम्मान गरिनाका साथै नेपालीभाषा र संस्कृतिका समसामयिक चुनौतीहरूबारे विमर्श गरिएको थियो । गोष्ठीमा साहित्यकार, कलाकार, प्राज्ञिक व्यक्तित्व तथा सरकारी अधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो । -रासस

प्रतिक्रिया