युवालाई स्वस्थ बनाउन खेलसँग जोड्नुपर्छ : मन्त्री पौडेल

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले युवालाई स्वस्थ्य बनाउन खेलकुद क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् ।
काठमाडौं महानगरपालिका–२६ ले आजदेखि आयोजना गरेको ‘काठमाडौं जिल्लाव्यापी बृहत खेलकुद प्रतियोगिता–२०८२’ को आज साँझ उद्घाटन गर्दै उनले सुखी बन्नका लागि नियमित खेलकुद र शारीरिक अभ्यास आवश्यक रहेको बताएका हुन् ।
‘शारीरिक व्यायम नियमित ग¥यो भने मानिस सुखी र खुसी भएर बाँच्न सक्छ, खेलले मानिसलाई स्वस्थ्य र अनुशासित बनाउँछ’, मन्त्री पौडेलले भने । उनले वडा, पालिका र देश÷देशबीचलाई खेलकुद क्षेत्रले जोडेको बताए ।
मन्त्री पौडेलले सबै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्नसके मानिसलाई स्वस्थ्य बनाउन सकिने उल्लेख गरे ।
राष्ट्रिय पहिचानका लागि खेलकुद क्षेत्रमा लगानी आवश्यक रहेको उनको भनाइ थियो । स्वास्थ्यमन्त्री पौडेलले कुनै पनि संस्थाले दिने सामाजिक उत्तरदायित्वको रकम खेलकुद क्षेत्रमा लगाउनुपर्ने बताए ।
प्रतिक्रिया