पेट्रोलियम पदार्थको मूल्य बढ्याे, अब कतिमा पाइन्छ ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटरमा एक र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढेकाे हाे ।
निगमले बढेको मूल्य आज रातिबाट लागू हुने जनाएको छ । यो मूल्य समायोजन इण्डियन आयल कर्पोरेशनबाट १५ जुनमा प्राप्त नयाँ मूल्यका आधारमा गरिएको हो ।
नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र बीरगन्जमा पेट्रोल प्रतिलिटर १५७.५० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४२.५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४४ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४५ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया