सोमबार, असार २, २०८२

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

नेपालखोज २०८२ असार २ गते ८:४०

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो ।

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको यो खेल नेपाली टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । नेपाली समय अनुसार साँझ ७ः४५ देखि सुरु हुने खेल नेपालका लागि आत्मविश्वास बटुल्ने र खेल संयोजन परीक्षण गर्ने अवसर पनि हो । नेपाली टोली अहिले उत्कृष्ट लयमा छ ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोली रहेका छन् ।

प्रतिक्रिया