सोमबार, असार २, २०८२

पत्रकार दिलभूषण पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमा अल्पकालीन अन्तरिम आदेश

नेपालखोज २०८२ असार २ गते १८:२२

काठमाडाैं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

हिल्टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका पुत्र जयवीर देउवाको लगानीसम्बन्धी सामग्री प्रसारण गरेवापत पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो । 

न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले कानुनबमोजिम बाहेक पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो । पक्षलाई असार ५ गते छलफलका लागि बोलाइएको छ ।

प्रतिक्रिया