सभामुख र गृहमन्त्रीबिच भेटवार्ता, २ बुँदे सहमति कार्यान्वयनबारे छलफल
नेपालखोज
२०८२ असार ३ गते १३:५०

काठमाडौं । सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबिच भेटवार्ता भएको छ । संसद् भवन नयाँ बानेश्वरमा सभामुख र गृहमन्त्री लेखकबिच भेटवार्ता भएको हो ।
भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरोध गरिरहेका बेला सभामुख र गृहमन्त्रीबिच भेटवार्ता भएको हो ।
सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार भेटमा विपक्षी र प्रतिपक्षबिच भएको २ बुँदे कार्यान्वयन र रास्वपाका मागका बारेमा छलफल भएको छ ।
सम्बन्धित
प्रतिक्रिया