मंगलबार, असार ३, २०८२

एन.आइ.सी. एशिया लघुवित्तको गुनासो सुनुवाई कार्यक्रम सम्पन्न

नेपालखोज २०८२ असार ३ गते १४:१७

काठमाडौं । गत असार १ गते र २ गते एन.आइ.सी. एशिया लघुवित्तले लुम्बिनी र गण्डकी प्रदेशका शाखाहरुमा गुनासो सुनुवाई एवं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोृलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत लगायत प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुखहरुको उपस्थिति थियो ।

कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिइएको थियो भने सदस्यको गुनासो सम्बोधन गरिएको थियो । गोर्कटा शाखामा ६२ जना, बोडगाउँ शाखामा ७८ जना र सर्दी शाखामा ५५ जना सदस्यको सहभागिता रहेको थियो ।

प्रतिक्रिया