मंगलबार, असार ३, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

नेपालखोज २०८२ असार ३ गते १५:०८

काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिका-५ विरकोटस्थित सडकमा आर्य भन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु. १ च ६७५६ नम्बरको बलेरो पिकअप सडकदेखि करिब ३ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा पिकअपमा सवार बग्नासकाली गाउँपालिका-१ गाप्टुङ घर भई रूपन्देही बुटवल उपमहानगरपालिका-११ मझुवा बस्ने ४६ वर्षीय बिनोद ढुङ्गाना र सोही ठाउँ बस्ने ४८ वर्षीय रेसम सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बिनोदको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र रेसमको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअप चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइहरेको छ ।

महोत्तरीको एकडारा गाउँपालिका-६ कोलवास्थित सडकमा रोकी राखेको गाडामा ज.१० प ९९०७ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ बस्ने २० वर्षीय सुभम मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका-७ खल्लाचौरस्थित सडकमा लु.२ त १११५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार चन्दननाथ नगरपालिका-९ तलिउम बस्ने ४८ वर्षीया जोखी सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका चालक समेत ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया