मंगलबार, असार ३, २०८२

त्रिकोणात्मक टि-२० सिरिज : स्कटल्यान्डबाट जितका लागि नेपालले पायाे ९८ रनको लक्ष्य

नेपालखोज २०८२ असार ३ गते २१:३९

काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजमा स्कटल्याण्डले नेपाललाई ९८ रनको सामान्य लक्ष्य दिएकाे छ । टस जिरेर पहिले बलिङ गरेको नेपालले घरेलु टोली स्कटल्याण्डलाई ९७ रनमा अलआउट गरेको हो ।

नेपालका सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए । त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए ।

नेपाली टोलीले घरेलु टोलिलाई १९ ओभर ४ बलमा अलआउट गरेको हो । स्कटल्याण्डका लागि माइकल लीस्कले सर्वाधिक ४६ रनको पारी खेले । उनी अन्तिम विकेटका रुपमा आउट भएका थिए ।

प्रतिक्रिया