बुधबार, असार ४, २०८२

स्क्रिन एडिक्सनविरुद्ध प्रिमियर इन्टरनेसनल स्कूलको पहलः विद्यार्थीको मानसिक सन्तुलनमा विशेष ध्यान

नेपालखोज २०८२ असार ४ गते १३:४०

काठमाडौं । प्रिमियर इन्टरनेसनल IB कन्टिन्युम स्कूल, एक नेपाली इन्टरनेसनल स्कूलले, आफ्नो अग्रसरतामा एक ऐतिहासिक उल्लेखनीय कदम चालेको छ । यस स्कूलले At Home Gadget Use Policy अन्तर्गत विद्यार्थीको मानसिक स्वास्थ्य, ध्यान दिने क्षमता र सिकाइको गुणस्तरलाई डिजिटल युगको बहसको केन्द्रमा ल्याएको छ ।

आजका बालबालिकाले अधिकाशं समय अनियन्त्रित रूपमा मोबाइल, ट्याब्लेट वा कम्प्युटरमा बिताउने गरेका छन्, जसको असर उनीहरूको एकाग्रता, भावनात्मक सन्तुलन र पढाइमा स्पष्ट रूपमा देखिन थालेको छ। यही समस्यालाई सम्बोधन गर्दै प्रिमियरले विद्यालयीय सिकाइलाई अब घरसम्म विस्तार गर्दै डिजिटल वेलबिइङको संरचना प्रस्तुत गरेको छ ।

विद्यालयको अभिभावक प्रतिनिधिहरूको सहकार्यमा, बालबालिकाको पूर्व प्राथमिकदेखि उच्च माध्यमिक विद्यालयसम्मका विद्यार्थीका लागि उमेरअनुकूल व्यावहारिक र सन्तुलित नीति तयार पारिएकाले यो कार्यविधि विशेष छ । यो नीतिले स्क्रिनको प्रयोग समय सीमित गर्ने, गुणस्तरीय विषयवस्तु निर्धारित गर्ने, अभिभावकले विशेष निगरानी गर्ने र परिवारसँग आत्मीय समय बिताउने संस्कारलाई पुनर्जीवित गर्न प्रोत्साहित गरेको छ ।

विश्वव्यापी रूपमा डिजिटल ओभरएक्सपोजरका लागि विभिन्न देशहरूले धेरै प्रतिबन्ध लगाएका छन् । जस्तै, फ्रान्सले स्कूलमा स्मार्टफोन प्रतिबन्ध लगाएको छ । अमेरिकामा किशोर–किशोरीका लागि सामाजिक सञ्जाल नियमन गर्ने व्यवस्था छ; यसै सन्दर्भमा नेपालमा प्रिमियरले At Home Gadget Use Policy ल्याएर उदाहरण प्रस्तुत गरेको छ ।

विभिन्न मानसिक चुनौतीहरूसँग जुध्न प्रिमियरले नेपालको सन्दर्भमा लागू हुने व्यावहारिक नीति तयार पारेको छ; जसले स्क्रिनको लत, ध्यान कमजोर हुनु, त्रासदी (Anxiety) उत्पन्न हुनु , सामाजिक व्यवहारसम्बन्धी समस्या र साइबर सुरक्षाजस्ता विश्वव्यापी जोखिमहरूलाई सम्बोधन गर्छ । यस अभियानमार्फत, प्रिमियरले आफूलाई विश्वव्यापी शैक्षिक समस्याहरूसँग जुद्धै, ‘सधैँ अनलाइन रहने’ प्रवृत्तिको मनोवैज्ञानिक र विकासात्मक असरमाथि सचेत समाधान ल्याएको छ । यो नीति प्रिमियरको दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै, अन्तर्राष्ट्रिय समस्याहरूको समाधान नेपालको सन्दर्भमा कसरी लागू गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण पनि बनेको छ ।

यस विद्यालयका शैक्षिक निर्देशक प्रभिना थापाज्यूकाअनुसार, यो कुनै विद्युतीय उपकरण प्रतिबन्ध गर्ने नीति होइन । यो त हाम्रा बच्चाहरूको ध्यान केन्द्रित गर्ने क्षमता, डिजिटल सुरक्षाबोध, सामाजिक विकास र विद्यार्थीको समग्र हितको रक्षा गर्ने अभियान हो । हामी हाम्रा अभिभावक प्रतिनिधिहरूसँग मिलेर यस्ता संस्कार निर्माण गर्ने कोसिस गरेका छौँ जसमा विद्युतीय उपकरणहरूले विद्यार्थीको सिकाइको क्षमतामा ह्रास नआउने गरी प्रोत्साहन गरियोस् ।

नेपालमा यस्तो मार्गदर्शक कदम चालेर प्रिमियर इन्टरनेसनल IB कन्टिन्युम स्कूलले २१औं शताब्दीको शिक्षालाई नयाँ आकार दिएको छ;– जहाँ सिकाइ, मानसिक स्वास्थ्य र समुदायको आवाज एउटै ठाउँमा मिसिन्छ । राष्ट्रको बालबालिकाको भविष्यका लागि एउटा निजी विद्यालयद्वारा लिइएको यो निर्णायक कदमले अन्य विद्यालय र नीतिनिर्माताहरूलाई पनि साझा रूपमा कदम चाल्नको लागि प्रोत्साहित गर्दछ ।

प्रतिक्रिया