नेपाल-बङ्लादेश पर्यटन सहकार्य : बंगालको खाडीदेखि हिमालयसम्मको यात्रा

काठमाडाैं । नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमाबंगलादेशको चट्टग्राममा ‘नेपाल–बङ्गलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ। ‘गन्तव्य नेपालः बंगालको खाडीदेखि हिमालयसम्म’ भन्ने नारासहित आयोजित यसकार्यक्रममार्फत नेपाल र बङ्गलादेशबीचको पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउनेउद्देश्य लिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बङ्गलादेशस्थित नेपालीराजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल-बङ्गलादेशसम्बन्धको आधारशिला भएको उल्लेख गरे । उनले दुई देशबीचको बढ्दो आपसीसम्बन्ध र सहकार्यमा सघन पर्यटन कूटनीतिको खाँचो औंल्याउँदै भने, ‘हिमालयको शिखरसँग बंगालको गहिराइलाई साँच्चिकै जोड्न ठोस पहल आवश्यक छ ।’
साथै, उनले नेपाल सरकारद्वारा पर्यटन पूर्वाधार सुधारमा भइरहेकोकार्यहरूबारे जानकारी दिँदै निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको सक्रियभूमिकाको समेत उच्च मूल्याङ्कन गरे ।
नेपाल पर्यटन बोर्डको तर्फबाट पर्यटन प्रवद्र्धन विभागका कार्यबाहकनिर्देशक रोहिणी प्रसाद खनालले नेपालका विविध र समृद्ध पर्यटन उत्पादन तथागन्तव्यको बारेमा प्रस्तुति दिए । उनले बङ्गलादेशलाई नेपालकोप्रमुख स्रोत बजारमध्ये एकको रुपमा चिनाउँदै, नेपाली गन्तव्यमा बङ्गलादेशीपर्यटकको आकर्षण बढिरहेको तथ्य प्रस्तुत गरे । साथै, उनले दुवैदेशका ट्राभल एजेण्टहरूबीच आपसी सहकार्यलाई थप मजबुत बनाउने आह्वान गरे ।
कार्यक्रममा सन् २०२४ मा सगरमाथा शिखर आरोहण गर्न सफल पर्वतारोही बाबरअलिले नेपाल भ्रमणका प्रेरणादायी अनुभवहरू स्मरण गरे । हालै अन्नपूर्णहिमाल आरोहण गरेका उनले नेपालमा प्राप्त आतिथ्यता, प्राकृतिक सौन्दर्यकोप्रशंसा गर्दै पर्वतीय चुनौतीहरूबारे जानकारी गराए ।
बङ्गलादेशका ट्राभल व्यवसायी संस्थाहरू-एसोसिएसन अफ ट्राभल एजेन्ट्स अफबङ्गलादेश (एटीएबी) तथा टुर अपरेटर्स एसोसिएसन अफ बङ्गलादेश (टीओएबी)चट्टग्राम शाखाका अध्यक्षहरूले नेपालसँगको पर्यटन सहकार्यमा बढ्दो विश्वास,व्यापारिक साझेदारी र भविष्यका सम्भावनाहरूको चर्चा गरे ।
प्रतिक्रिया