बिहीबार, असार ५, २०८२

दिगो विकास तथा नेपालले लिएका विकासका लक्ष्य हासिल गर्ने दिशातर्फ सरकार अघि बढ्याे

नेपालखोज २०८२ असार ५ गते १४:३९

काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास तथा नेपालले लिएका विकासका लक्ष्य हासिल गर्ने दिशातर्फ सरकार अघि बढेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले दिगो विकास तथा नेपालले लिएका विकासका लक्ष्य हासिल गर्न ठूलो मात्रामा लगानीको आवश्यकता रहेकाले वैकल्पिक विकास, वित्त परिचालन सम्बन्धी विधेयक संसदमा पेश गरेको जानकारी समेत दिए ।

पछिल्लो समय विदेशी लगानी आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृत्ति र संरचनागत समस्याहरुलाई समेत दृष्टिगत गरी सरकारले विकास वित्तको आवश्यकता पूरा गर्न उक्त विधेयक ल्याएको उहाले बताए ।

त्यस्तै उनले सहायता परिचालनलाई प्रभावकारी बनाउन वैदेशिक सहायता परिचालन नीति २०८२ जारी गरिएको र लगानीको वातावरण सुधार गर्न निजी क्षेत्रको सहकार्यमा लगानीसँग सम्बन्धित विभिन्न कानुन सुधार तथा परिमार्जन गरिएको जानकारी दिए ।

प्रतिक्रिया