बिहीबार, असार ५, २०८२

‘सरकारले नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको छ’

नेपालखोज २०८२ असार ५ गते १७:२३

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनसेवालाई छिटो छरितो बनाउन सरकार नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको बताएका छन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको ६८औँ जन्मोत्सवको अवसरमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले आज यहाँ आयोजना गरेको ‘कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रम’मा उहाँले जतिसक्दो छिटो संस्कृति र पर्यटन नीति ल्याउने तयारी भइरहेको जानकारी दिए ।

उनले भने, ‘संस्कृति र पर्यटन नीति अहिले मन्त्रीपरिषद्मा छ, त्यो अबको मन्त्रिपरिषद् बैठकले पास गर्नेछ । संस्कृति, पर्यटन, नागरिक उड्डयन, भौतिक सम्पदा र प्राचिन स्मारक संरक्षणसम्बन्धी ऐन पनि निर्माण भइरहेको छ ।’

मन्त्री पाण्डेले सार्जजनिक निकायलाई सुधार गर्ने विषयमा सरकारले गम्भीरता पूर्वक काम गरिरहेको उल्लेख गरे । उनले निजी क्षेत्रसँग साक्षात्कार गरिरहेको बताए ।

सरकारले उत्पादकत्व वृद्धि गर्नेतर्फ काम गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया