पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता
नेपालखोज
२०८२ असार ६ गते १६:०८

काठमाडाैं । पाकिस्तानको जेलमा रहेका कुल २६९ अफगान नागरिकलाई बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टोलोन्युजले शुक्रबार बताएको छ ।
पाकिस्तानको विभिन्न जेलमा तीन महिना बिताएका महिला र बालबालिका लगायत पूर्व कैदीलाई तोरखाम सीमा विन्दुमा अफगान अधिकारीलाई हस्तान्तरण गरिएको छ ।
पाकिस्तानले विगत छ महिनामा सयौँ अफगान कैदीलाई मुक्त गरेको छ । इस्लामाबादले कानूनी यात्रा कागजातहरू नभएका अफगान शरणार्थीलाई छिमेकी देश छोड्न समेत निर्देशन दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया