अध्यक्ष दाहाल र विप्लवबिच के-के भयो कुराकानी ?

नेपालखोज २०८२ असार ७ गते १४:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएकाे छ ।

शनिबार महासचिव विप्लव अध्यक्ष दाहाललाई भेट्न विप्लव उनको निवास खुमलटार पुगेका हुन् ।

भेटमा दुई नेताबिच पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता, समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको छ । छलफलमा महासचिव विप्लवले दुई पार्टीबिच तत्काल एकताको सम्भावना नरहे पनि विभिन्न मोर्चामा सहकार्य गरेर अघि बढ्न सकिने बताएका थिए ।

प्रतिक्रिया