शनिबार, असार ७, २०८२

‘युद्ध, युद्ध नै हुन्छ’ कविता कृतिको लोकार्पण

नेपालखोज २०८२ असार ७ गते २१:५६

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अयक्ष युवराज अधिकारीको दोस्रो कविता सङ्ग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ ।

कवि तथा गीतकारसमेत रहनुभएका अध्यक्ष अधिकारीको उक्त कृतिको आज आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमोचन गरे ।

एपेके नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कवि युवराज अधिकारीले लोकार्पित दुई कविता पनि वाचन गरेका थिए ।

वरिष्ठ कलाकार दिनेश डिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा पर्यटनमन्त्रीसहित कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी, कलाकार द्वय विजय लामा, निखिल उप्रेती र राजेन्द्र शलभले पनि कवि युवराज अधिकारीका बारेमा बोल्नु हुँदै उहाँका केही कविता पनि प्रस्तुत गरेका थिए ।

रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा १२ जना कलाकारद्वारा लोकार्पित सङ्ग्रहभित्रको आमा शीर्षकको कविता मञ्चनसमेत गरिएको थियो ।

प्रतिक्रिया