‘टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित’

टोकियो । जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको सबैभन्दा ठूलो समूहको हैसियतबाट पछि धकेलिदिएको मत परिणामले सोमबार देखाएको छ ।
सन् १९५५ देखि लगातार देशको नेतृत्व गर्दै आएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को प्रमुख स्थानीय निर्वाचनमा यो निकै कम मतपरिणाम भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
अक्टोबरमा पदभार ग्रहण गरेका इशिबाका लागि सार्वजनिक समर्थनमा महिनौँदेखि व्यापक गिरावट आएको छ । उच्च मुद्रास्फीतिको कारण गत वर्षको तुलनामा चामलको मूल्य दोब्बर भएको छ ।
आइतबार भएको मतदानमा एलडिपीले टोकियो विधानसभाका २१ सिट जितेको छ, जसमध्ये यसअघिका तीन सिट पार्टीसँग सम्बन्धित उम्मेदवारले जितेपनि राजनीतिक चन्दा प्रकरणपछि आधिकारिक रूपमा अनुमोदन गरिएको थिएन।
असाही शिम्बुन र अन्य स्थानीय सञ्चारमाध्यमका अनुसार यसले सन् २०१७ को तुलनामा पार्टीको २३ सिटको रेकर्ड तोडेको छ ।टोकियोका गभर्नर युरिको कोइकेले स्थापना गरेको टोमिन फस्र्ट नो काईले १२७ सदस्यीय विधानसभामा आफ्नो सिट बढाएर ३१ पुर्याएको छ ।
एलडिपीको टोकियो शाखाका प्रमुख शिन्जी इनोउले मतदानपछिको सर्वेक्षणले पार्टीको सिट घट्दै गएको देखाएपछि आइतबार भनेका थिए, यो निकै कठिन चुनाव थियो ।
निर्वाचनलाई प्रभावित पार्न राज्यकोषबाट रकमको हिनाबिना गरिएको ९फन्डिङ स्क्यान्डल० ले परिणामलाई ‘प्रभावित’ गरेको हुन सक्छ ।
इनोउले भने, मुद्रास्फीतिलाई सम्बोधन गर्ने सरकारको नीति ‘मतदातासम्म’ राम्रोसँग पु¥याउन नसक्नु र विपक्षी दलले मुद्रास्फीतिलाई सम्बोधन गर्ने भनी गरेको व्यापक प्रचारप्रसारले एलडिपीले अपेक्षा गरेको मतपरिणामभन्दा विल्कुल फरक वातावरण देखिएको छ ।
जीवनयापनको लागत
केही हप्ताभित्रै इशिबाले संसदको माथिल्लो सदनका लागि चुनावको सामना गर्नुपर्नेछ र जुलाई २० मा राष्ट्रिय मतदान हुन सक्ने बताइएको छ ।
बढ्दो महँगी र राजनीतिक घोटालाबाट आक्रोशित मतदाताहरूले इशिबाको एलडिपी र यसको कनिष्ठ गठबन्धन साझेदारलाई अक्टोबरमा शक्तिशाली तल्लो सदनमा बहुमतबाट बञ्चित गरे । यो विगत १५ वर्षमा एलडिपीको सबैभन्दा खराब आम चुनाव परिणाम हो ।
धानको मूल्यलाई उच्च सम्बोधन गर्ने नीतिका कारण यस महिना गरिएको सर्वेक्षणमा इशिबाको समर्थनमा केही वृद्धि भएको देखिएको छ ।
जापानी पसलहरूमा हालसालै चामलको अभाव हुनुका पछाडि धेरै कारणहरू छन्, जसमा दुई वर्ष पहिले अत्यधिक तातो र सुख्खा गर्मीले देशव्यापी रूपमा फसललाई क्षति पुर्याएको थियो र गत वर्ष ‘महा–भूकम्प’ चेतावनीपछि चामल खरीद आतङ्कले गर्दा पछिल्लो समय केही व्यापारीले नाफा बढाउनका लागि चामल मौज्दात राख्ने गरेको जानकारहरू बताउँछन् ।
जापानमा ताजा खाद्य पदार्थ, अन्य सामान र ऊर्जा षेत्रका शीर्षक समावेश नगरिएको मूल्य वृद्धिदर अघिल्लो वर्षको तुलनामा मे महिनामा ३.७ प्रतिशतले बढी रहेको थियो । इशिबाले माथिल्लो सदनको चुनावअघि प्रत्येक नागरिकका लागि २० हजार येन (१३९ अमेरिकी डलर) नगद सहयोग गर्ने घोषणा गरेका छन् ।
‘गंभीर’ परिणाम
वासेदा युनिभर्सिटीका राजनीतिकर्मी मासाहिसा एन्डोले टोकियो विधानसभाको नतिजा सत्तारुढ दलका लागि गम्भीर भएको बताएका छन् ।
टोकियो एलडिपीको बलियो गढ होइन, तर नतिजाबाट यसको समर्थन देशभरि कमजोर भइरहेका छ भन्ने निष्कर्ष निकाल्नु सम्भव छ ।
इशिबाले माथिल्लो सदनमा बहुमत प्राप्त गर्न नसके पनि उनको स्थान अहिले नै कसले लिन चाहन्छ भन्ने कुरा बुझ्न कठिन छ । जापानका विपक्षी पार्टीहरू एलडिपीको शक्तिलाई विश्वसनीय चुनौती दिने सम्बन्धमा विभाजित छन्, एन्डोले एएफपीसँग बताए ।
विपक्षी ‘डेमोक्र्याटिक पार्टी फर द पिपुल (डिपिपी)’ ले टोकियो विधानसभाको मतदानमा पहिलो पटक नौ सिट जितेको छ ।जुलाईको चुनावका लागि डिपिपीको चुनावी प्रतिबद्धतामा परिवारको आय बढाउन बिक्री कर कटौती गर्ने उल्लेख छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबारको मतदान दर ४७.६ प्रतिशत रहेको छ । चार वर्षअघि यो दर ४२.४ प्रतिशत थियो । सन् १९९७ यताकै सबैभन्दा बढी २९५ जना उम्मेदवारले प्रतिस्पर्धामा उत्रिएको टाकियोको विधान सभा निर्वाचनमा ९९ जना महिला उम्मेदवार पनि थिए । निर्वाचित महिला विधानसभा सदस्यको सङ्ख्या ४१ बाट बढेर ४५ पुगेको छ ।
प्रतिक्रिया