इजरायल र इरान पूर्ण युद्धविरामका लागि सहमत भएको ट्रम्पकाे घोषणा
नेपालखोज
२०८२ असार १० गते ६:२०

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन् । सीएनएनका अनुसार युद्धविराम सम्झौता चरणबद्ध रूपमा कार्यान्वयनमा आउने छ ।
इरान र इजरायल भने दुवैले आगामी युद्धविरामबारे कुनै टिप्पणी गरेका छैनन् । ट्रम्पअनुसार, युद्धविराम आगामी २४ घण्टामा चरणबद्धरूपमा लागु हुनेछ ।
ट्रम्प प्रशासनले इरान र इजरायल दुवै देशसँग गोप्य वार्ता गर्दै आएको थियो । पछिल्ला महिनाहरूमा सिरियाली भूमिमा इजरायली आक्रमण, इरानी मिलिसिया गतिविधि र लेबनानी सीमामा तनाव बढेको सन्दर्भमा यो घोषणा विशेष महत्वपूर्ण मानिएको छ । सीएनएनबाट
सम्बन्धित

प्रतिक्रिया