मंगलबार, असार १०, २०८२

छानबिन समितिप्रति राप्रपा असन्तुष्ट, रास्वपा र राप्रपाले गरे संसद बहिष्कार

नेपालखोज २०८२ असार १० गते १२:३०

काठमाडाैं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।

रास्वपा र राप्रपाले दुइटै पार्टीले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने बताउदै मंगलबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका हुन् ।

संसद बैठक सुरु भएपछि गृहमन्त्री लेखकले छानबिन समिति गठनबारे जानकारी गराएका थिए । सोपश्चात रास्वपाका डा। स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले बोल्दै असहमति जाहेर गरे ।

प्रतिक्रिया