मंगलबार, असार १०, २०८२

घरेलुु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : अधयक्ष दाहाल

नेपालखोज २०८२ असार १० गते १२:४७

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलुु श्रमिकलाई पनि ल्याउन पहल गर्ने बताएका छन् ।

युवालय संस्थाको आयोजनामा आज ललितपुरमा आयोजित ‘घरेलु श्रम र अनौपचारिक स्याहार कार्य’ विषयक राष्ट्रिय नीति संवादलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिपक्षी दलको हैसियतले श्रमिकको मुद्दालाई संसद्मा उठाउने नैतिक जिम्मेवारी बहन गर्ने बताए ।

‘संविधानको मर्म र भावनाअनुसार कानुन बनाउने काम समयमै नहुँदा श्रमिकको मुद्दा सही ढङ्गले अगाडि बढेको छैन, श्रमिकको न्यूनतम ज्यालामा घरेलुु श्रमिकलाई पनि ल्याउन पहल गर्नेछौँ’, उनले भने ।

दाहालले श्रमिकको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति गराउन नसकेसम्म परिवर्तनको औचित्य र दिगोपना कायम गराउन नसकिने धारणा राखे ।

प्रतिक्रिया