मंगलबार, असार १०, २०८२

ललितपुरमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु

नेपालखोज २०८२ असार १० गते १८:२६

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोट बस्ने ६४ वर्षीय आशाकाजी महर्जनको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

नवलपरासी पश्चिम, सरावल गाउँपालिका–४ गोबरहिया बस्ने ३२ वर्षीय नारायण चौधरीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा पम्पसेट जडान गर्नका लागि खेतमा राखेको मिटरबाट पम्पसेटसम्म तार तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया