माधव नेपालको बयान विशेष अदालतमा सुरु
नेपालखोज
२०८२ असार ११ गते ११:३६

काठमाडाैं । पतञ्जली जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकाे बयान सुरु भएको छ ।
विशेष अदालतमा बुधबार न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।
नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया